सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

आईपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर

आईपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर

नागरिक पाटी

१३, मंसिर २०७९
  • 2.8K
    SHARES
  • आईपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर

    बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

    images

    कम्पनीले कूल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ। यसअघि आयोजना प्रभावित क्षेत्र बागलुङका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्ता सेयर गरी कूल ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

    निष्काशन बन्द छिटोमा मंसिर २६ गते र ढिलोको पुस ६ गते हुने कम्पनीले जनाएको छ। लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्‍वीकृत प्राप्‍त सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - ११:५८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology