शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र

प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र

नागरिक पाटी

१४, मंसिर २०७९
  • 3.6K
    SHARES
  • प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र

    अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

    images
    images

    एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी रातमाटे न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। त्यस्तै, रातमाटे दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली९न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

    आइतबार सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ। नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ। - कारोबार दैनिक

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - १०:३३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology