सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार साढे ३ अङ्कले घट्यो

शेयर बजार साढे ३ अङ्कले घट्यो

नागरिक पाटी

१४, मंसिर २०७९
  • 2.6K
    SHARES
  • शेयर बजार साढे ३ अङ्कले घट्यो

    शेयर बजार बुधवार साढे तीन अङ्कले घटेको छ । शेयरबजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

    images

    आज माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज लक्ष्मी इक्विटी फन्डको शेयर साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - १९:०७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology