सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

नागरिक पाटी

१९, मंसिर २०७९
  • 4.6K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

    शेयर बजार आज सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने हिजो आइतवारको तुलनामा सुधार आएको छ । दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर एक अर्ब ६७ करोड चार लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रो ३० करोड ८३ लाख र शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै अजोड इन्सुरेन्सको शेयर साढे सात प्रतिशतले घटेको छ । बजार राताम्मे भएको दिन सयपत्री हाइड्रोको शेयर भने तीन प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - १७:३५:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology