सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

नागरिक पाटी

२१, मंसिर २०७९
  • 3.8K
    SHARES
  • बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

    बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुलाएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

    images

    सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। ​ कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७९ बुधवार - ११:०९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology