सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

माया खोला हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि निष्काशन हुने

माया खोला हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि निष्काशन हुने

नागरिक पाटी

२२, मंसिर २०७९
  • 2.8K
    SHARES
  • माया खोला हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि निष्काशन हुने

    माया खोला हाइड्रोपावर लिमिटेडले मंसिर २३ गतेदेखि शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

    images

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई मङ्सिर २३ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।

    उक्त कम्पनीको आईपीओमा स्थानीयहरुले छिटोमा पुस ८ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाली श्रमिकले भने पुस ८ गतेसम्म मात्र आवेदन दिन पाउने छन् ।

    बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता र प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर , धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।

    नेपाली श्रमिकहरुका लागि २ लाख ४० हजार कित्ता आईपीओ छुट्याइएको छ । कम्पनीले संखुवासभामा १४।९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - १८:०६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology