सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

१७ अङ्कले बढ्यो शेयर बजार

१७ अङ्कले बढ्यो शेयर बजार

नागरिक पाटी

२६, मंसिर २०७९
  • 2.3K
    SHARES
  • १७ अङ्कले बढ्यो शेयर बजार

    आइतवार ३२ अङ्कले घटेको शेयर बजार सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ ।

    images

    आज बैंकिङ बाहेक अरू सबै समूहको शेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को शेयर १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै छ प्रतिशतले घटेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १७:०६:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology