नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा पनि गिरावट आएको छ। बुधबार सेयर बजार २.६२ अंकले घटेको हो ।
उच्च उतारचढावकाबीच सेयर बजार परिसूचक अन्त्यमा कारोबार नकारात्मक हुन पुगेको छ । साताको पहिलो कारोबार आइतबार बजार घट्दा सोमबार भने १७ अंकले बढेको थियो। यस्तै मंगलबार पुन: गिरावट आएको बजार बुधबार पनि निरन्तरता पायो।
बजार २ अंकले घट्दा समग्र बजार परिसूचक १८९७.०८ अंकमा झरेको छ। बजार घट्दा आज ७२ करोडको सेयर खरिद बिक्री भएको छ । बुधबार ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको २० लाख ८७ हजार ८७६ कित्ता सेयर १६ हजार ६७७ पटकमा खरिद बिक्री भएको छ ।