सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

४, पौष २०७९
  • 3.6K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो

    आज सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।

    images

    आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीको २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर छ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - १८:०५:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology