शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समुदायको सक्रियतामा सुरक्षित पानी पिउने गाउँ बन्दै सानोबाङ्गे

समुदायको सक्रियतामा सुरक्षित पानी पिउने गाउँ बन्दै सानोबाङ्गे

उद्धव चेपाङ

५, पौष २०७९
  • 9.5K
    SHARES
  • समुदायको सक्रियतामा सुरक्षित पानी पिउने गाउँ बन्दै सानोबाङ्गे

    गजुरी । गजुरी गाउँपालिका वडा नम्वर ८ सानोबाङ्गेमा पानी शुद्दिकरणका लागि फिल्टर वितरण कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउँछौ हामी गाउँभरी “ भन्ने मुल नाराका साथ फिल्टर वितरण कार्यक्रम भएको हो । स्थानीय सानोबाङ्गे जागरण कृषि समुहको पहल र शान्ती नेपालको सहजिकरणमा सानोबाङ्गे गाउको २१ घरधुरीलाइ फिल्टर बितरण गरिएको समुहका अध्यक्ष अक्कल बहादुर तामाङले बताउनुभयो ।

    images
    images

    दुषित पानीजन्य रोगहरुबाट बच्नको लागि पानी शुद्दीकरण गर्ने भरपर्दौ माध्यम फिल्टर नै भएकोले आफ्नो समुहको सदस्यहरुलाइ समुहको कोषबाट फिल्टर खरिद गरि बितरण गरिएको र सबैका लागि, सधैका लागि सुरक्षित पानी पिउन फिल्टर प्रयोग गर्ने प्रतिबद्दता सहित फिल्टर बितरण गरिएको तामाङको भनाई छ ।

    पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन् २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउँ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य र घोषणा रहेको छ । समुदायकै सक्रियतामा सुरक्षित पानी पिउने गाउँ बनेपछी सफा र स्वच्छ गाउँ घोषणाका लागि सहजिकरण गर्ने शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०७९ मंगलवार - १९:४६:३२ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology