सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज फेरि घट्यो

शेयर बजार आज फेरि घट्यो

नागरिक पाटी

६, पौष २०७९
  • 3.4K
    SHARES
  • शेयर बजार आज फेरि घट्यो

    शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति सोमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।

    images

    आज बैकिङ बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र शृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - १७:५४:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology