शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"भ्वाइस अफ नेपाल" चौथो सिजनको विजेता बने करण राई

"भ्वाइस अफ नेपाल" चौथो सिजनको विजेता बने करण राई

नागरिक पाटी

८, पौष २०७९
  • 6.5K
    SHARES
  • "भ्वाइस अफ नेपाल" चौथो सिजनको विजेता बने करण राई

    काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता बनेका छन् । ग्राण्ड फिनालेमा टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।

    images
    images

    टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् । टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

    विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०७९ शुक्रवार - २३:१२:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology