सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

नागरिक पाटी

१२, पौष २०७९
  • 3.8K
    SHARES
  • शेयर बजारमा हरियाली

    नयाँ सरकार गठन भएसँगै बढ्न थालेको शेयर बजार आज मङ्गलवार दोस्रो दिन पनि उच्च अङ्कले बढेको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन हिजो सोमवार ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।

    images

    सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रशितले बढेको छ । अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र चार वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०७९ मंगलवार - १५:३४:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology