सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दुई दिन बढेको शेयर बजार आज १२ अङ्कले घट्यो

दुई दिन बढेको शेयर बजार आज १२ अङ्कले घट्यो

नागरिक पाटी

१३, पौष २०७९
  • 3.4K
    SHARES
  • दुई दिन बढेको शेयर बजार आज १२ अङ्कले घट्यो

    लगातार दुई दिन बढेको शेयर बजार आज (बुधवार) भने घटेको छ । अस्ति (सोमवार) ५६ र हिजो (मङ्गलवार) ५९ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १५ विन्दुमा झरेको छ ।

    images

    आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    शेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज माहुली लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०७९ बुधवार - १७:३९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology