आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बले संग सिर्जुको "आइया मार्यो"

बले संग सिर्जुको "आइया मार्यो"

नागरिक पाटी

१४, पौष २०७९
  • 10.0K
    SHARES
  • बले संग सिर्जुको "आइया मार्यो"

    काठमाण्डौ । स्थायी घर दाङ्ग भएकी लोकप्रिय गायिका सिर्जु अधिकारी बिगत निकै लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेकी छिन् । उनले अहिले सम्म थुप्रै गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो सांगीतिक उचाईलाई मजबुत बनाइसकेकी छिन् ।

    images

    केहि समय अगाडी मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने सबैको कौतुहलतामा कर्मघर पनि गीत संगीतलाई अन्यन्त मोह दर्साउने भएको हुँदा उनले फलस्वरूप भर्खरै मात्र आइया मार्यो बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

    निकै रोमान्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिब हमालले लय तथा शब्द भरेका छन् भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ । गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडियोलाई पनि अहिलेका दर्शकहरुको मागअनुसार निकै खर्चिलो ढंगले तयार पारिएको छ ।

    भिडियोमा लोकप्रिय हाँस्य कलाकार सागर लम्साल ूबलेू र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ । आइया मार्यो बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका छन् । हिमाली म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो ।

    भिडियोमा छायांकन नबराज उप्रेतीको रहेको छ भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई सिर्जु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - १८:५४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology