सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज ३ अङ्कले घट्यो

शेयर बजार आज ३ अङ्कले घट्यो

नागरिक पाटी

१९, पौष २०७९
  • 2.2K
    SHARES
  • शेयर बजार आज ३ अङ्कले घट्यो

    शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६१ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

    images

    आज माइक्रोफाइनान्स, होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय ५७ वटा कम्पनीका ८२ लाख २२ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ८० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज धौलागिरि र खप्तड लघुवित्त तथा श्वेतगंगा हाइड्रो र अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । वीन नेपाल लघुवित्त र बोटलर्स नेपाल कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - १८:१५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology