सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार १८ अङ्कले बढ्यो

शेयर बजार १८ अङ्कले बढ्यो

नागरिक पाटी

२१, पौष २०७९
  • 3.1K
    SHARES
  • शेयर बजार १८ अङ्कले बढ्यो

    शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ । आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    images

    आज कारोबार पनि रकम निकै बढेको छ । दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख ८१ हजार कित्ता शेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

    आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १६:१६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology