सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज साढे २० अङ्कले बढ्यो

शेयर बजार आज साढे २० अङ्कले बढ्यो

नागरिक पाटी

२४, पौष २०७९
  • 2.1K
    SHARES
  • शेयर बजार आज साढे २० अङ्कले बढ्यो

    शेयर बजार आज आइतवार २० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

    images

    आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अरू समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज बलेफी हाइड्रो र खप्तड लघुवित्तको शेयर १० प्रतिशत तथा ङादी ग्रुप पावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार बढे पनि बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - १५:३५:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology