शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको मैदी, धुवाकोट, सल्यानटार, खाल्टे लगायतका स्थानमा गोरु जुधाइ सहित सांस्कृतिक कार्यक्रम हुँदै

धादिङको मैदी, धुवाकोट, सल्यानटार, खाल्टे लगायतका स्थानमा गोरु जुधाइ सहित सांस्कृतिक कार्यक्रम हुँदै

नागरिक पाटी

१, माघ २०७९
  • 4.8K
    SHARES
  • धादिङको मैदी, धुवाकोट, सल्यानटार, खाल्टे लगायतका स्थानमा गोरु जुधाइ सहित सांस्कृतिक कार्यक्रम हुँदै

    आज धादिङको मैदी, धुवाकोट, सल्यानटार, खाल्टे लगायतका स्थानीयले गोरु जुधाईसंगै विभिन्न मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन । आज माघे संक्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ ।

    images
    images

    मैदीकोटमा हिजो शनिबारदेखि नै लाइभ दोहोरीसहितको सास्कृतिक कार्यक्रम भैरहेको सुरु भएको छ। धुवाकोटमा गोरु जुधाईसंगै कृषि तथा हस्तकला प्रदर्शनी र सल्यान्टारमा खेलकुदको समापनसहित गोरु जुधाई तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

    जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । गोरुको घम्साघम्सीमा काले, तारे, फुच्चे, लाहुरे, फुर्के, बर्ने, जोवाने जस्ता अनेकौं नाम गरेका गोरुहरु मैदानमा देखिन्छ ।

    पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइदै आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १, २०७९ आइतवार - ०९:२८:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology