सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

१६ करोड इकाई बराबर एनआईबीएल ग्रोथ फन्डको बाँडफाँट

१६ करोड इकाई बराबर एनआईबीएल ग्रोथ फन्डको बाँडफाँट

नागरिक पाटी

४, माघ २०७९
  • 3.1K
    SHARES
  • १६ करोड इकाई बराबर एनआईबीएल ग्रोथ फन्डको बाँडफाँट

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको एनआईबीएल ग्रोथ फण्ड बाँडफाँट भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि २१ गतेसम्म जारी गरेर प्रति इकाई १० रुपैयाँ दरका १६ करोड इकाई फन्डको बुधबार बाँडफाँड भएको हो ।

    images

    कुल इकाईहरु मध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ९साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड० को लागि गरी ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

    सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ बराबर कुल ९ करोड ९३ लाख ६७ हजार ९०० इकाईका लागि आवेदन परेको कम्पनीले जनाएको छ । सो योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा रु ६३ लाख २१ हजार रुपैयाँ समेत थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदक हरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति बुधबार फन्डको बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । ६३ लाख २१ हजार थप गरी योजनाको आकार पुगेको १ अर्ब ३२ करोड कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - १८:३७:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology