सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै

नागरिक पाटी

५, माघ २०७९
  • 2.8K
    SHARES
  • मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै

    काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।

    images

    कम्पनीले आफ्नो जारी पुँजी रु ७६ करोडको १० प्रतिशत अर्थात् सात करोड ६० लाख बराबरको प्रतिशेयर रु एक सय दरका सात लाख ६० हजार कित्ता शेयर आयोजनाबाट पीडित दोलखाका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । अति पीडित क्षेत्र दोलखाको गौरीशङ्कर गाउँपालिका–५ र ६ का बासिन्दामा तीन लाख चार हजार कित्ता र पीडित क्षेत्र गौरीशङ्कर गाउँपालिका–१, २, ३, ४, ७, ८ र ९ का बासिन्दाका लागि तीन लाख ४२ हजार कित्ता शेयर छुट्याइएको छ ।

    त्यस्तै सामान्य पीडित क्षेत्र दोलखाकै विगु गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दामा एक लाख १४ हजार कित्ता शेयर बाँडफाँट गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक करोड ५२ लाख बराबरको रु एक सय दरको एक लाख ५२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

    स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तीमध्ये आयोजनाबाट पीडित क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही माघ २९ गतेसम्म हुनेछ भने ढिलोमा आगामी फागुन १५ सम्म हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि माघ २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक र लक्ष्मी बैंकले तोकेका शाखा कार्यालय र प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बीबी इस्युअर’ रेटिङ प्रदान गरेको छ । कम्पनीले दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित सुरी खोलामा छ दशमलव चार मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजना निर्माण गरी उत्पादन सुरु गरिसकेको छ भने सोही गाउँपालिकामा सात मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - १७:३९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology