सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सगरमाथा जलविद्युत्‌को आइपीओ बिक्री खुला

सगरमाथा जलविद्युत्‌को आइपीओ बिक्री खुला

नागरिक पाटी

५, माघ २०७९
  • 3.0K
    SHARES
  • सगरमाथा जलविद्युत्‌को आइपीओ बिक्री खुला

    सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो ।

    images

    कम्पनीले आफ्नो जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजनाबाट पीडित क्षेत्र इलामवासीका लागि निष्काशन गरेको हो ।

    त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने चार लाख ३६ हजार आठ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि पनि निष्काशन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

    स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सम्बद्ध क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही माघ १९ गतेसम्म हुनेछ भने ढिलोमा आगामी फागुन ५ गतेसम्म हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि यही माघ १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर बिबिबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई खोलामा नौ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - १७:४४:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology