शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको महादेवबेसीमा बृहत् सोनाम ल्होछार विशेष कार्यक्रम हुँदै

थाक्रेको महादेवबेसीमा बृहत् सोनाम ल्होछार विशेष कार्यक्रम हुँदै

शिवराज आचार्य

१०, माघ २०७९
  • 11.6K
    SHARES
  • थाक्रेको महादेवबेसीमा बृहत् सोनाम ल्होछार विशेष कार्यक्रम हुँदै

    महादेवबेसी । मन्जुश्री सम्बत् २८५९औँ ह्योई तावर (बिरालो बर्ग) को अबसरमा थाक्रे गाउँपालिका-६ महादेवबेशी धादिङमा बृहत् सोनाम ल्होछार कार्यक्रम हुनेभएको छ ।

    images
    images

    तामाङ महिला समाजको प्रमुख आयोजना तथा थाक्रे गाउँपालिकाको सहआयोजना हुन गईरहेको कार्यक्रममा राष्ट्रिय तथा ख्यातिप्राप्त स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने तामाङ महिला समाजका अध्यक्ष गंगा लामाले बताइन ।

    यहि माघ १४ गते शानिवारका दिन हुन लागेको कार्यक्रममा चर्चित सेलो गायक प्रेम लोप्चन, चर्चित तथा बरिष्ठ गायिका ईन्दिरा गोले, चर्चित लोक तथा दोहोरी गायक रामजि खाँड, चर्चित सेलो गायक प्रकाश तामाङ (तितुङ), चर्चित सेलो गायक उत्सव सुब्बा लामा, लोक पप गायक सबिन लामा, सेलो तथा दोहोरी गायिका रजनी लामा, सञ्चारकर्मी तथा हाँस्यकलाकार एम.जि तामाङ, डान्सर बिपना गोले र रोशनी लामाको बेजोड साँस्कृतिक प्रस्तुतीहरु रहने सञ्चार विभागका प्रमुख एम.जि तामाङले बताए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १९:२०:३५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology