सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आठ अङ्कले बढ्यो

शेयर बजार आठ अङ्कले बढ्यो

नागरिक पाटी

१०, माघ २०७९
  • 2.8K
    SHARES
  • शेयर बजार आठ अङ्कले बढ्यो

    हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ७३ दशमलव २५ विन्दुमा पुगेको छ ।

    images

    आज माइक्रो फाइनान्स, बैंक र म्युचुअल फण्डबाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ४८ वटा कम्पनीका ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ९१ लाख र शिवश्री हाइड्रोको १० करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशत तथा सूर्योदय ओमी लघुवित्त र शिवश्री हाइड्रोको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १९:२३:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology