सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

नागरिक पाटी

११, माघ २०७९
  • 3.1K
    SHARES
  • नेप्सेमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको हो । यस्तै दाहोरो अंकले नेप्से बढेको यस दिन कारोबार समेत ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको भएको छ ।

    images

    आज नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज बैंकिङ फाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइभ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।

    ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने आज आरबीबी म्युचुअल फण्डको मूल्यमा ५।७० प्रतिशतको गिरावट आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - १६:३०:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology