आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अर्थमन्त्रालयद्धारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

अर्थमन्त्रालयद्धारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

नागरिक पाटी

१६, माघ २०७९
  • 4.2K
    SHARES
  • अर्थमन्त्रालयद्धारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

    अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

    images

    अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिनु भएको हो ।

    राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनु भएको छ ।

    बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - १९:०५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology