सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

माघ २७ देखि एशियन हाइड्रोपावरले आईपीओ जारी गर्ने

माघ २७ देखि एशियन हाइड्रोपावरले आईपीओ जारी गर्ने

नागरिक पाटी

१७, माघ २०७९
  • 3.2K
    SHARES
  • माघ २७ देखि एशियन हाइड्रोपावरले आईपीओ जारी गर्ने

    काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले २७ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    images

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशतले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

    जसमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरिसकेको छ । त्यस्तै ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १६ हजार ८०० कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

    कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका बैंक तथा वित्तीय संस्था मेरो सेयर सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ ।

    कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको रहेको जनाउँछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - १८:४९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology