सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो, एक अर्ब ७६ करोड रुपैयाँको कारोबार

शेयर बजार सामान्य बढ्यो, एक अर्ब ७६ करोड रुपैयाँको कारोबार

नागरिक पाटी

१८, माघ २०७९
  • 4.6K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो, एक अर्ब ७६ करोड रुपैयाँको कारोबार

    लगातार चार दिनसम्म घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ ।

    images

    आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता शेयर एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ । सगरमाथा इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १७:०३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology