सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शुभम् पावरको आईपीओमा तीन दिनमा नै करिब ९० करोड रुपैँयाको आवेदन

शुभम् पावरको आईपीओमा तीन दिनमा नै करिब ९० करोड रुपैँयाको आवेदन

नागरिक पाटी

२०, माघ २०७९
  • 2.3K
    SHARES
  • शुभम् पावरको आईपीओमा तीन दिनमा नै करिब ९० करोड रुपैँयाको आवेदन

    काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा ८९ करोड ८१ लाख रुपैयाँ माथिको आवेदन परेको छ । शुक्रबारसम्ममा कम्पनीको आईपीओका लागि ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ताका लागि आवेदन परेको हो ।

    images

    कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरिरहेको छ । शुक्रबारसम्ममा ७ लाख ९३ हजार ७५ जना सर्वसाधारणले आईपीओका लागि आवेदन दिएको सीडीएस एन्ड क्किलयरिङ लिमिटेडले जनाएको छ ।

    कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएको छ । बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो । कम्पनीको आईपीओका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - २१:०९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology