सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सुपरमाई हाइड्रोपावर आईपीओ खुल्यो

सुपरमाई हाइड्रोपावर आईपीओ खुल्यो

नागरिक पाटी

२३, माघ २०७९
  • 2.2K
    SHARES
  • सुपरमाई हाइड्रोपावर आईपीओ खुल्यो

    काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २३ माघ सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

    images

    कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

    त्यस्तै २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला गरेको छ ।


    सोमबारदेखि आवेदन खुलेको आईपीमोमा छोटोमा २६ माघ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने म्याद ८ फागुनसम्म थप हुनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको आईपीओ निष्कासनको लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाह मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले इलाममा ७।८ मेगावबाटको सुपरमाई जलविद्युत आयोजना निमार्ण गरि ११ कात्तिक २०७५ देखि व्यापारी उत्पादन सुरु गरिसकेको छ ।

    आयोजनको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ । यस्तै आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - १५:३७:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology