सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा ७६ अंकको वृद्धि

नेप्सेमा ७६ अंकको वृद्धि

नागरिक पाटी

२४, माघ २०७९
  • 2.4K
    SHARES
  • नेप्सेमा ७६ अंकको वृद्धि

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ७६ अंक भन्दा माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७६।६४ अंकले बढ्दै २१ सय ७७।३४ अंकमा उक्लिएको हो ।

    images

    यस दिन कारोबार रकम समेत बढेर ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ८९ अंकमाथिले नेप्से घट्दैगर्दा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज चार वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ । १३ वटै उपसूचक धनात्मक हुँदा आज इन्भेष्टमेन्ट समूहको उपसूचक सबैभन्दा बढी ६।२५ प्रतिशतले बढेको छ ।

    यस्तै, हाइड्रोपावर समूहको उपसूचक ५।३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह र डेभपमेन्ट बैंक समूहको उपसूचक क्रमशः ५।९४ प्रतिशत र ५।०६ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १७:५९:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology