सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मोलुङ हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

मोलुङ हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

नागरिक पाटी

२५, माघ २०७९
  • 2.1K
    SHARES
  • मोलुङ हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

    काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणमा आगामी चैत ४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

    images

    कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्सकान गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसेकेको छ ।

    त्यस्तै, कम्पनीले समुहिक लगानी कोषलाई एक लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कार्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो ।

    आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम आठ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उन्क्त आईपीओ प्राप्त गर्न लगानीकर्ताले चैत ४ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

    आईपीओका लागि सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले तयार गरेको मेरो सेयर सम्बन्धी वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

    आईपीओ निष्कासन गर्न लागेको यस कम्पनीको इक्रा नेपालले इक्रा एनपी–आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको माध्ययम जोखिम रहेको बुझाउनछ । कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त हुने रकम ऋण तिर्न प्रयोग गरिने बताइएको छ ।

    हाल कम्पनीको कुल ऋण ९२ करोड ७५ लाख रुपैयाँ टर्म लोन रहेको छ भने ५ करोड रुपैयाँ ओभरड्राफ्ट सीमा रहेको कम्पनीले जारी गरेको आईपीओ सम्बन्धी आह्वान पत्रमा उल्लेख छ । बाँकी ऋण कुल ९७ करोड ५७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    आईपीओबाट प्राप्त हुने रकम बाट ३७ करोड ३१ लाख रुपैयाँ ऋण तिरिने कम्पनीले जानकारी दिएको छ । यो कम्पनीले मोलुङ खोला जलविद्युत आयोजनाबाट ७ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेको विद्युत ३३ के.भि. प्रशारण लाइनमा २०७४ चैत १२ गतेदेखि जडान भएको बताइएको छ । यो विद्युत् उत्पादनको कुल लागत एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - ०९:२५:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology