शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘बुलाकी’ को टिजर सार्वजनिक

‘बुलाकी’ को टिजर सार्वजनिक

नागरिक पाटी

२७, माघ २०७९
  • 4.7K
    SHARES
  • ‘बुलाकी’ को टिजर सार्वजनिक

    काठमाडौँ । नयाँ वर्ष अर्थात अगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारीप्रथा तथा पारिवारिक सम्बन्धमा आउने आरोहअबरोह देखाउन खोजिएको छ ।

    images
    images

    लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिका छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइकाको समेत अभिनय फिल्ममा छ ।

    छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको छ । फिल्मको वितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०७९ शुक्रवार - १९:२६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology