शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

शिवराज आचार्य

२, फाल्गुण २०७९
  • 14.6K
    SHARES
  • प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

    धादिङ । प्रभु बैंकले केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । प्रभु धार्के शाखाले थाक्रे १० मा रहेको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सामाग्री वितरण गरेको हो ।

    images
    images

    स्कुल झोला तथा अन्य स्टेशनरी सामानहरु लगायत शैक्षिक सामाग्रीहरु उक्त वडाका अध्यक्ष गोकुल लामिछाने, विद्यालयका प्रधानाध्यपक सहदेब गजुरेलका साथमा बैंकको धार्के शाखाका प्रमुख प्रविन कोइरालाले विद्यार्थीलाई हस्तान्तरण गरेका छन् ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत शिक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरिएको धार्के शाखाका प्रमुख प्रविन कोइरालाले बताए । बैंकले आगामाी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - २१:२५:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology