सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मोलुङ हाइड्रोपावरको आईपीओ निष्कासन

मोलुङ हाइड्रोपावरको आईपीओ निष्कासन

नागरिक पाटी

४, फाल्गुण २०७९
  • 3.0K
    SHARES
  • मोलुङ हाइड्रोपावरको आईपीओ निष्कासन

    काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर ९आईपीओ० निष्कासन गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणका लागि आजेदेखि आईपीओ निष्कासन गरेको हो । आईपीओमा आगामी फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ ।

    images

    आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम आठ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

    त्यस्तै, कम्पनीले सामुहिक लगानी कोषलाई एक लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कार्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो । 

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - १०:२९:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology