सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

आज सेयर बजारमा २१.१५ अंकको गिरावट

आज सेयर बजारमा २१.१५ अंकको गिरावट

नागरिक पाटी

४, फाल्गुण २०७९
  • 3.0K
    SHARES
  • आज सेयर बजारमा २१.१५ अंकको गिरावट

    काठमाडौं। बिहीबार सेयर बजारमा २१.१५ अंकले गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन आज १.०१ प्रतिशत घट्दा २०७०.४१ अंकमा आएर बन्द भएको हो ।

    images

    नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता चार दिन कारोबार भएकोमा चारै दिन नेप्सेमा गिरावट आएको हो । यी ४ दिनमा नेप्सेमा ११२ अंकको गिरावट भइसकेको छ ।

    बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार उत्पादनमूलक उपसूचक सर्वाधिक १।९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लघुवित्त र बीमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

    बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । बिहीबार बजारमा नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - १६:२१:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology