सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दोल्ती पावर कम्पनीको आईपीओ सोमबार देखि बिक्री खुला हुने

दोल्ती पावर कम्पनीको आईपीओ सोमबार देखि बिक्री खुला हुने

नागरिक पाटी

७, फाल्गुण २०७९
  • 2.3K
    SHARES
  • दोल्ती पावर कम्पनीको आईपीओ सोमबार देखि बिक्री खुला हुने

    दोल्ती पावर कम्पनीको आईपीओ सोमबार देखि बिक्री खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

    images

    कम्पनीले आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

    कम्पनीले अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथा आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गर्नेछ ।

    यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमिा रहेका नेपालीले फागुन २५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन् । स्थानीयले भने छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ७ गतेसम्म बिक्री खुला गरिनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - १६:०३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology