शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङबेसीमा शुक्रबार उद्घाटन हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङबेसीमा शुक्रबार उद्घाटन हुने

नागरिक पाटी

११, फाल्गुण २०७९
  • 4.3K
    SHARES
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङबेसीमा शुक्रबार उद्घाटन हुने

    धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन भोलीदेखि धादिङबेसीमा सुरु हुँदैछ ।

    images
    images

    प्रतिष्ठानले बिहिवार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन सम्पुर्ण तयारी सकिएको जानकारी गराएको हो । फागुन १२ देखि १४ गतेसम्म हुने महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

    पुर्वी र पश्चिमी दुबै क्षेत्रका कला संस्कृतिलाई समेटेर धादिङमा कार्यक्रम गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले बताए । पदाधिकारीहरुको सर्वसम्मत चयनको प्रयास भैरहेको पनि बिजिको भनाई छ । केही पद थप गरेर भएपनि सर्वसम्मतको कसरत भैरहेको उनले बताए ।

    महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

    महाधिवेशनका लागि करिब एक हजार जना प्रतिनिधिहरु धादिङबेसीमा जम्मा हुनेछन् । धादिङबेसी, मलेखु र गजुरी बजारका होटलहरुमा बासको व्यवस्थापन मिलाइएको प्रतिष्ठान बागमती प्रदेश अध्यक्ष बासु सिंखडाले जानकारी दिए ।

    कार्यक्रम उद्घाटनअघि सदरमुकाम धादिङबेसीमा विविध कला संस्कृतिहरु झल्काउने झाकीहरुसहित र्‍याली गरिने प्रतिष्ठान धादिङका पुर्व अध्यक्ष कृष्ण शिशिर (ढकाल)ले बताए ।

    महाधिवेशनका लागि प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनी, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, प्रतिष्ठानका अन्य पदाधिकारीहरु अमृत अधिकारी, रीता थापालगायत केन्द्रिय कमिटीमा आवद्ध कलाकारहरु धादिङबेसी आइसकेका छन् । 

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - १८:५९:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology