शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यमन्त्री जम्कट्टेलद्धारा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन उद्घाटन

मुख्यमन्त्री जम्कट्टेलद्धारा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन उद्घाटन

नागरिक पाटी

१२, फाल्गुण २०७९
  • 4.4K
    SHARES
  • मुख्यमन्त्री जम्कट्टेलद्धारा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन उद्घाटन

    तस्बिरः सन्तोषराज श्रेष्ठ

    images
    images

    धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङबेसीमा सुरु भएको छ ।

    महाधिवेशनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका छन् । कार्यक्रमस्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि गरेर अतिथिहरुलाई स्वागत गरिएको हो ।

    महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले देशको सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण रहेको बताए । विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारहरुलाई आग्रह गर्दै उनले बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले गृहजिल्लामा देशभरका कलाकारहरुको उपस्थितिले धादिङको गौरव बढाएको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङले लोक तथा दोहोरी क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै थुप्रै चुनौतिहरु आइरहेकोले कलाकाहरुले त्यस्ता चुनौतिसँग सजग भएर अघि बढ्न जरुरी रहेको बताए ।

    महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रिता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् । ४२ हजारबढी सदस्य भएपनि हजार बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । महाधिवेशन फागुन १४ गते समापन चल्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - १६:५१:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology