शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित

नागरिक पाटी

१३, फाल्गुण २०७९
  • 7.6K
    SHARES
  • लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित

    धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रिता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् ।

    images
    images

    शुक्रबारदेखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौं केन्द्रिय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रिय निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाको विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी छन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघिदेखि तल्लीन थापा मगर यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।

    महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।हिजो शुक्रबार राती नै मनोनयन दर्ता खुल्ला गर्ने कार्यतालिका भएपनि सर्वसम्मतको कसरतले आज शनिबार दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुल्ला गरिएको थियो । सर्वसम्मत नभएका पदहरुमा भने मतदान गराउने निर्वाचन समितिले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - १८:०२:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology