आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टिजरमा यस्तो देखियो ‘दिलमाया २’

टिजरमा यस्तो देखियो ‘दिलमाया २’

नागरिक पाटी

२२, फाल्गुण २०७९
  • 3.4K
    SHARES
  • टिजरमा यस्तो देखियो ‘दिलमाया २’

    काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘दिलमाया २’ को टिजर सार्वजनिक गरिएको छ । अगामी असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले आइतबार फिल्मको टिजर सार्वजनिक गरेको हो । टिजरमा महिलामाथि हुने घरेलू हिंसालाई देखाइएको छ । छोरीमाथि समाज र परिवारले कसरी विभेद र दमन गर्छ भन्ने कुरा टिजरमा देख्न सकिन्छ ।

    images

    किरण नेपाली र सेन्जल पौडेलको मुख्य भूमिका रहेको फिल्ममा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतको अभिनय पनि छ । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद निर्देशक गिरी स्वयंको हो । यो फिल्मको पहिलो श्रृंखला २०६३ सालमा प्रदर्शन भएको थियो ।

    बिष्णु निराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व निर्देशन फिल्ममा छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७९ सोमवार - १७:२८:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology