टीभी फिल्मीकी सञ्चालक निकिता पौडेलले अब नारी टीभी सञ्चालनमा ल्याउने भएकी छिन् । उनले टीभी फिल्मीलाई नारी टीभी बनाउन लागेकी हुन् । उनले भनेकी छिन् ‘अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरूमा समर्पित गर्न चाहन्छौँ । ‘टीभी फिल्मी’ अब छिट्टै ‘नारी टीभी’ बनेर आउनेछ । आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ ।’
टीभी फिल्मीमार्फत १४ वर्ष नेपाली सिनेमामा सेवा गरेको उनले बताएकी छिन् ।