आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा चट्याङको उच्च जोखिम

नेपालमा चट्याङको उच्च जोखिम

नागरिक पाटी

२८, फाल्गुण २०७९
  • 2.6K
    SHARES
  • नेपालमा चट्याङको उच्च जोखिम

    काठमाडौं । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो। विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो। ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन्। विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ।

    images

    भौगोलिक अवस्थितिका कारण चट्याङको दृष्टिले संसारकै तीन उच्च जोखिमयुक्त क्षेत्रमध्ये नेपाल पनि पर्छ। चट्याङका घटना प्राकृतिक विपद्मा पर्ने भए पनि यसबाट जोगिन अपनाउनुपर्ने सावधानीमा ध्यान नदिँदा मृत्यु र घाइते हुनेको संख्या बढेको चट्याङविज्ञ डा। श्रीराम शर्मा बताउँछन्। उनले सन् २०२१ मा ‘चट्याङको जोखिम र मानिसमा परेको प्रभाव’ का बारेमा अध्ययन नै गरेका थिए।

    उक्त अध्ययनमा नेपालमा चट्याङका घटनाका कारण हुने क्षति बढ्दै गएको देखिएको शर्मा बताउँछन्। भन्छन्, ‘प्रत्येक डिग्री तापक्रम बढ्दा १० देखि १२ प्रतिशत चट्याङको जोखिम बढ्छ। तर, त्यसको सुनिश्चित आधारहरू भने छैनन्। यो जलवायु परिवर्तनसँग पनि जोडिने भएकाले पछिल्लो समय जलवायु परिवर्तनसँगै चट्याङको घटना पनि बढेको छ। ’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ०७:५२:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology