सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा १४ अंकको गिरावट

नेप्सेमा १४ अंकको गिरावट

नागरिक पाटी

१, चैत्र २०७९
  • 2.5K
    SHARES
  • नेप्सेमा १४ अंकको गिरावट

    काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा १४ अंकको गिरावट भएको छ । यस दिन नेप्से सूचक १४.४४ अंकले घट्दै १९ सय ३८.६२ अंकको विन्दुमा झरेको हो । १४ अंकमाथिले नेप्से घट्दै गर्दा आज १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

    images

    १३ वटा उपसूचक मध्ये १२ वटा उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक भने ०.५१ प्रतिशतले बढेको छ । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक १.८६ प्रतिशतले घटेको छ भने अन्य ११ वटा उपसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

    आज युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ५।९० प्रतिशतले गुमाउन पुगेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - १६:३३:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology