आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

नागरिक पाटी

१, चैत्र २०७९
  • 3.3K
    SHARES
  • उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।

    images

    बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ । मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित रहेको राप्रपाको ठहर छ । ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    रासायनिक मल सम्बन्धमा पार्टीका ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - १७:००:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology