सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

नागरिक पाटी

२, चैत्र २०७९
  • 2.6K
    SHARES
  • सेयर बजारमा सामान्य गिरावट

    शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।

    images

    जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको शेयर घटेको छ । २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता शेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - १७:५२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology