आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा गौतम निर्वाचित

कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा गौतम निर्वाचित

नागरिक पाटी

४, चैत्र २०७९
  • 3.8K
    SHARES
  • कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा गौतम निर्वाचित

    काठमाडौं । कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मुरारी गौतम ुसुवर्णु सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । क्याम्पसमा एकल उम्मेदवारी परेको हुनाले स्ववियु निर्वाचन समितिले मुरारी गौतम सुवर्णको प्यानललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । कैलाशकुट क्याम्पसमा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत डा. शोभा ढुंगानाले जानकारी दिनुभयो ।

    images

    उहाँले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एस्), अखिल क्रान्तिकारी ९विप्लव०बाट संयुक्त रूपमा परेको उम्मेदवारीमा सर्वसम्मत रूपमा विजय घोषणा गराइएको जानकारी दिनुभयो ।

    निर्वाचनमा प्रत्यक्ष तर्फ सभापति पदमा मुरारी गौतम (सुवर्ण), सचिव पदमा किरण बराल, कोषाध्यक्ष पदमा आयुश अर्याल, सदस्यहरूमा मालिका निरौला, सञ्चन राई र लासाङ तामाङ निर्वाचन हुनुभएको छ भने, समानुपातिक तर्फबाट सदस्यहरूमा नरेश बहादुर बि.क, माया थिङ तामाङ, देव कृष्ण विक, दिलिप शाही, र सुमन तिमल्सिना निर्वाचित हुनुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १२:१३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology