धादिङ । नेपाल चेपाङ सँघले सँघलाई सक्रिय बनाउन प्रशिक्षण सञ्चालन गर्ने भएको छ । सँघको केन्द्रिय कार्यकारिणी समितीको दोस्रो पुर्ण बैठक र केन्द्र प्रदेश र जिल्ला बिच भएको पदाधिकारी स्तरिय बैठकले सँघका प्रदेश, जिल्ला, पालिका र वडा तहका नेता, कार्यकर्ताहरुलाई सँगठनात्मक प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको सँघका महासचिव सन्तबहादुर चेपाङले बताए ।
महासचिव चेपाङका अनुसार मकवानपुरमा यहि चैत्र १५ गते, धादिङमा चैत्र २२, गोरखा, तनहुँ र लमजुङ जिल्लाको लागि सँयुक्त रुपमा चैत्र २३ र चितवनमा चैत्र २५ गते सँगठनात्मक प्रशिक्षण सञ्चालन गरिनेछ ।
प्रशिक्षणमा सहभागी हुन सम्बन्धित पक्षलाई पत्राचार गरिएको नेपाल चेपाङ सँघले जनाएको छ ।