सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा २२ अंकको वृद्धि

नेप्सेमा २२ अंकको वृद्धि

नागरिक पाटी

६, चैत्र २०७९
  • 2.6K
    SHARES
  • नेप्सेमा २२ अंकको वृद्धि

    काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२.६५ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसमयमा सम्ममा २२ अंकले बढेर १९४९ अंकमा पुगेर रोकिएको हो ।

    images

    यसक्रममा आज १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज ५२ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १.१८ प्रतिशतले बढ्दा आज सबै समूहका सूचकमा हरियाली छाएको छ ।

    जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ९८ अंकले बढेको छ भने जीवन बीमा समूह ९४ अंकले बढेको छ । यसका साथै, निर्जीवन बीमा कम्पनी समूह ८३ अंकले बढ्दा विकास बैंक समूहमा ६२ अंकको वृद्धि आएको छ । यसबाहेक म्यूचुअल फण्ड बाहेक अन्य सबै समूहमा समेत उच्च वृद्धि देखिएको छ ।

    परिसूचक २२ अंकले बढेको दिन यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७६ अंक बढेर १९४१ रुपैयाँ पुगेको हो । यसबाहेक न्यादी हाइड्रोपावरको सेयर मूल्य ७.७३ प्रतिशतले बढेर ३५२ रुपैयाँ पुगेको छ ।

    आज आईएमई जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एसियाको सेयर ६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

    नेप्सेमा हिजो आइतबार ६।९० अंकको गिरावट आएको थियो । यसक्रममा परिसूचक १९२६ अंकमा पुगेर रोकिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १६:०३:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology