सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सगरमाथा जलविद्युतको आईपीओ बिक्री खुला

सगरमाथा जलविद्युतको आईपीओ बिक्री खुला

नागरिक पाटी

८, चैत्र २०७९
  • 1.9K
    SHARES
  • सगरमाथा जलविद्युतको आईपीओ बिक्री खुला

    काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । आजदेखि बिक्री खुलाइएको आईपीओमा १२ गतेसम्म आवेदन दिन पाइनेछ । तोकिएको समयमा मागअनुसारको आवेदन नपरेमा चैत २२ गतेसम्मको समय थपिनेछ । सर्वसाधारणले कम्पनीको आयोजनामा न्यूनतम कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    images

    कम्पनीले ९.६ मेगावाट क्षमताको सुपरमाई जलविद्युत ए आयोजना निर्माण गरिरहेको छ । र आयोजनाले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न छुट्याएको थियो । यसअनुसार १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतका दरले ४३ लाख ६८ हजार रुपैयाँ कित्ता बिक्रीको योजना बनेको थियो ।

    यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशतका दरले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, सामूहिक लगानी कोषलाई २ लाख १८ हजार ४०० कित्ता र कर्मचारीका लागि १ लाख ३१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १६:१९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology